खेल

महिला टी–२० विश्व कपः दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजील्यान्ड भिड्दै

आईसिसी महिला टी–२० विश्व कपको दोस्रो सेमिफाइनल आज हुँदैछ। आजको सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजील्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

दुबईस्थित सारजहाँ स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ। आजको खेलमा जित्ने टोलीले फाइनलमा उपाधिका लागि साउथ अफ्रिकासँग भिड्ने छ।

वेस्ट इन्डिजले हालसम्म एक पटक महिला टी–२० विश्व कपको उपाधि जितेको छ भने साउथ अफ्रिकाले एकपटक पनि उपाधि उचाल्न पाएको छैन। गत वर्षको उपविजेता बनेको साउथ अफ्रिका यसपटक भने उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ।

यसअघि बिहीवार भएको पहिलो सेमिफाइनलमा साउथ अफ्रिकाले ६ पटकको उपाधि विजेता अस्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

महिला टी–२० विश्व कपको उपाधि भिडन्त भने आइतवार हुनेछ।

प्रकाशित: २ कार्तिक २०८१ १०:५९ शुक्रबार

#womens t 20 worldcup