खेल

साफ महिला च्याम्पियनसिपः भारतसँग पाकिस्तान पराजित

साफ महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।  

काठमाडौंको दशरथ रंगशालामा विहीबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलले पराजित गरेको हो । पहिलो हाफमा चार गोल गरेको भारतले दोस्रो हाफमा भने एकगोल मात्र थप्न सक्यो । पाकिस्तानले पनि पहिलो र दोस्रोमा एकएक गोल गरेको थियो ।  

भारतका लागि ग्रेस दाङमेइले दुई तथा मनिषा, बाला देवी र ज्योति चौहानले एक-एक गोल गरे । पाकिस्तानका लागि सुहा हिरानी र कायला सिद्दिकीले गोल गरेका थिए । 

भारतले ६४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको खेलमा एउटा पनि कार्ड देखाइएको थिएन ।  

नेपालले शुक्रबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । शुक्रबार नै श्रीलंका र माल्दिभ्सबीच पनि खेल हुनेछ । 

प्रकाशित: १ कार्तिक २०८१ १९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App