खेल

कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु

जुम्लामै पहिलोपटक दुई लाख रुपैयाँ पुरस्कार राशिको कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ।

जुम्लाको हिमा गाउँपालिका २ ओदीगाउँमा लामा विष्णु युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता मंगलबार हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले उद्घाटन गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष शाहीले भलिबल जस्तो महत्वपूर्ण खेलको जगेर्ना जिल्लाको दुर्गम क्षेत्रबाट भइरहेकोमा खुसी व्यक्त गरे। 

उनले भने, पछिल्लो समयमा गाउँमा फुटबल पुग्दा भलिबल प्रतिको आकर्षण घटेको छ । तर नियमित दुर्गममा भइरहने यस्तो खालको आयोजनाले संरक्षणमा जोड दिइएको छ ।’उनले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलाडीहरु उत्पादनमा स्थानीय सरकार लागि पर्ने प्रतिबद्धता जनाए।प्रतियोगितामा २६ वटा टिम सहभागी छन्।प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण त्र प्रदान गरिनेछ।

प्रतियोगितामा दोस्रो हुने टिमलाई एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन्।युवा क्लबका अध्यक्ष धीरेन्द्रबहादुर रोकायाले प्रत्येक खेलमा राम्रो खेल प्रदर्शन गर्ने खेलाडीलाई ५ सय पुरस्कारको व्यवस्थासमेत गरिएको बताए। हिमा गाउँपालिकाको आर्थिक सहयोग,हिमा २ नम्बर वडाको सहजीकरण र लामा विष्णु युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता आयोजना गरिएको हो।

प्रकाशित: २९ आश्विन २०८१ २०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App