खेल

महिला टी–२० विश्वकप: आज इङ्ग्ल्यान्ड र वेस्टइन्डिज भिड्दै

आईसिसी महिला टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार इङ्ग्ल्यान्ड र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुँदैछ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ७ः४५ बजे सुरु हुनेछ। 

इङ्ग्ल्यान्ड र वेस्टइन्डिजबीचको खेलको नतिजाले समूह 'बी'बाट सेमिफाइनल पुग्ने टोलीको टु‌गो लगाउनेछ । विजयी हुने टोलीले सिधैं सेमिफाइनलमा स्थान बनाउनेछ भने पराजित टोली दोस्रो स्थानमा रहेको साउथ अफ्रिकासँग रनरेटका आधारमा अघिल्लो चरण प्रवेश गर्ने-नगर्ने निर्धारण हुनेछ । 

अपराजित इङ्ग्ल्यान्ड ६ अंकमा शीर्ष स्थानमा छ । समान ६ अंक भएपनि  रनरेटका आधारमा साउथ अफ्रिका दोस्रो स्थानमा छ । तेस्रो स्थानको वेस्ट इन्डिजको ४ अंक छ। यो समूहबाट बंगलादेश र स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिसकेका छन्। 

समूह ‘ए’ बाट भने समूह विजेता बन्दै अस्ट्रेलिया र उपविजेता बन्दै  न्यूजिल्यान्ड सेमिफाइनलमा पुगिसकेका छन्।

प्रकाशित: २९ आश्विन २०८१ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App