खेल

महिला टी- २० विश्वकपः अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदै

आईसीसी महिला टी- २० विश्वकप क्रिकेटमा शुक्रबार अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे दुबईमा सुरु हुनेछ ।  

समूह 'ए'मा रहेको अस्ट्रेलिया यसअघिका दुवै खेलमा जित निकाल्दै चार अंकमा तालिकाको शीर्ष स्थानमा छ । 

पाकिस्तानले भने दुईमा एक खेलमा मात्रै जित निकालेको छ । जितले अस्ट्रेलियालाई अघिल्लो चरण नजिक पुर्याउनेछ । हारले पाकिस्तानको अघिल्लो चरण प्रवेशको सम्भावना भने लगभग समाप्त हुनेछ । 

भारत तीन खेलमा चार अंकसहित दोस्रो र २ खेलमा २ अंकसहित न्युजिल्यान्ड चौथो स्थानमा छ । श्रीलंका भने यसअघिका तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानले न्युजिल्यान्डसँग र अस्ट्रेलियाले भारतसँग खेल्नेछ ।  

समूह 'ए'बाट श्रीलंकाबाहेक सबै अस्ट्रेलिया, भारत, पाकिस्तान र न्युजिल्यान्डको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ ।

प्रकाशित: २५ आश्विन २०८१ १३:०३ शुक्रबार

#icc womens t 20 worldcup #Pak_Aus