खेल

भारतले बङ्गलादेशलाई ८६ रनले हरायो

बङ्गलादेशविरुद्धको तीन टी–२० खेलको सिरिजमाथि भारतले कब्जा गरेको छ। बुधवार दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको दोस्रो टी २० मा खेलमा बङ्गलादेशलाई ८६ रनले पराजित गर्दै भारतले सानदार जित हात पारेको छ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतले टस हारेर पहिला ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो। २२१ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले निर्धातिर ओभरमा ९ विकेटको क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो।

भारतका लागि नितिश कुमार रेड्डीले सर्वाधिक ७३ रनको पारी खेल्दा रिंकु सिंहले ५३ रन बनाए। हार्दिक पाण्ड्याले भने ३२ रन जोडे।

जितसँगै भारतले तीन खेलको टी २० मा जित निकाले पनि सिरिजमाथि जित हात पारिसकेको छ।

यसअघि गत आइतवार भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको थियो।

प्रकाशित: २३ आश्विन २०८१ २३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App