खेल

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

वीर गणेशमान सिंह फाउण्डेशन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता हुने भएको छ।

आगामी कात्तिक ५ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता संयोजक भाष्करमान सिंहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र डबल्स तथा भेट्रान पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स÷डबल्स विधामा प्रतिस्पर्धा हुनेछन्।

त्यसैगरी जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र खुला डबल्स विधामा प्रतिस्पर्धा हुनेछन्। उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु ४२ लाख लाग्ने आयोजकले जनाएको छ।  

प्रकाशित: २३ आश्विन २०८१ १८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App