खेल

'हङकङ सुपर सिक्सेस' फर्कियो, नेपालसहित १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने

करिब सात वर्षपछि हङकङ सुपर सिक्स त्रिकेट प्रतियोगिता हुने भएको छ । पछिल्लो संस्करण सन् २०१७ मा भएको थियो । पाँच ओभरको यो प्रतियोगिता आगामी नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा हुनेछ ।  

खेलाडीहरुबारे जानकारी सार्वजनिक नभएपनि प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, साउथ अफ्रिका, श्रीलंका, बंगलादेश, ओमान र यूएई सहभागी हुनेछ ।  

यो प्रतियोगितामा प्रत्येक टोलीमा ६ जनामात्र खेलाडी रहनेछन् । विकेटकिपरबाहेक हरेक खेलाडीले एक ओभर बलिङ गर्न पाउनेछन् र बलिङका क्रममा वाइड वा नो बल भए विपक्षी टिमले दुई रन पाउनेछन् । फाइनल बाहेकका सबै खेलमा ६ बलको एक ओभर हुनेछ । फाइनलमा भने आठ बलको एक ओभर खेलाइनेछ ।  

सबै पाँच जना खेलाडी आउट भएपनि पाँचौ नम्बरमा आउने हुने खेलाडीलाई रनर राखेर छैठौं व्याट्सम्यानले एक्लै ब्याटिङ गर्नेछन् । ३१ रन बनाए कुनै पनि खेलाडी स्वतः रिटायर्ड हुनेछ । तर पाँचौ खेलाडी बाहिरिएमा भने उनले पुनः क्रिजमा प्रवेश गरेर ब्याटिङ गर्न पाउनेछन् ।  

प्रकाशित: २३ आश्विन २०८१ १४:३६ बुधबार

#Hong Kong Sixes #Nepali Cricket Team