खेल

काभा यू-२० पुरुष भलिबल: नेपालले श्रीलंकालाई हरायो

तस्बिरः सेन्ट्रल एसियन भलिबल एशोसिएसनको फेसबुक पेजबाट।

काभा यू २० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।

श्रीलंका जारी यस प्रतियोगितामा नेपालले घरेलु टोली‌ श्रीलंकालाई आइतवार ३-० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेटमा २५-१४ को सहज जित निकालेको नेपालले पछिल्ला दुवै सेटमा कडा चुनौतीको सामना गर्नुपरेको थियो।यद्यपी नेपालले दोस्रो सेट २५-२३ र तेस्रो सेट नेपालले २८-२६ ले आफ्नो पक्षमा‌ पार्दै बिजयी सुरुवात गरेको हो।

दोस्रो खेलमा असोज २१ गते नेपालले उज्वेकिस्तानको समान गर्नेछ।असोज २२ मा तेस्रो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ।

नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ।प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ। 

प्रकाशित: २१ आश्विन २०८१ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App