खेल

भारत र बङ्गलादेशबीचको पहिलो टी–२० आज

भारत र बङ्गलादेशबीचको तीन खेलको टी–२० म्याच सिरिज आजबाट सुरु हुँदैछ।

भारतको ग्वालियरस्थित श्रीमन्त माधवराव सिन्धिया स्टेडियममा हुने आजको खेल साँझ ७ः१५ बजेबाट सुरु हुनेछ।

सूर्य कुमार यादवको कप्तानीमा रहेको भारतीय टीममा ३ जना खेलाडीले डेब्यु गर्दैछन्। जसमा हर्षित राणा, मयंक यादव र नीतिश कुमार रेड्डी रहेका छन्। यी तीन खेलाडीले हालसम्म अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्।

नजमुल हुसैन सान्तोको कप्तानीमा रहेको बङ्गलादेश र सूर्य कुमारको कप्तानीमा रहेको भारत दुबै आफ्नो जितसहित खेलको सुरुआत गर्न चाहन्छ।

यसअघि भएको दुई खेलको टेस्टमा भारतले सिरिजमाथि क्लिन स्विप गरेको थियो।  

प्रकाशित: २० आश्विन २०८१ ११:२४ आइतबार