खेल

नरेन्द्रसिंह र सुमित्रा कुमारी विजेता

दोस्रो संस्करणको दौडमा पुरुषतर्फ बैतडीका नरेन्द्रसिंह रावल र महिलातर्फ काठमाडौंकी सुमित्राकुमारी चौधरी विजेता भएका छन्।

स्वस्थ र सभ्य समाज निर्माणका लागि खेलकुदको विकास गरौं भन्ने मूल नाराका साथ इटहरीमा शनिबार भएको पुरुष तथा महिला दौडमा विजेता दुवैले २५/२५ हजार नगद प्राप्त गरे। 

दौड इटहरी–१६ लबिपुर चोकबाट सुरु भएर चौरास्त चोकबाट उत्तर हलगडाबाट सिमरवाना चोक हुँदै पुनःलबिपुरसम्म पुगेर सकिएको थियो। दौडको दूरी नौ किलोमिटर तय गरिएको थियो। 

सेभेन स्टार क्लबद्वारा आयोजित दौडमा पुरुषतर्फ फस्ट रनरअपमा काठमाडौंका नागरेश्वर अहिर र महिलातर्फ संखुवासभाकी सुनकला राई भए। दुवैलाई जनही नगद १० हजार प्रदान गरियो।

सेकेन्ड रनरअप पुरुषतर्फ बझाङका करण रावल र महिलातर्फ पाँचथरकी पुष्पा शेर्मा लिम्बु भए। यी दुवैलाई जनही पाँच हजार रूपैयाँ प्रदान गरियो। 

पुरुषतर्फ मोरङ लेटाङका विक्रम लिम्बु चौथो र झापा दमकका सरोज सिंह पाँचौं भए। महिलातर्फ भोजपुरकी जुही राई चौथो र धनकुटाकी सुसा लिम्बु पाँचौ भए। दुवै विधाका चौथो र पाँचौं हुने दुवैले समान एक हजार प्राप्त गरे।

दौडमा झन्डै दुई सय धावकको सहभागिता रहेको थियो। विजेतालाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए। 

प्रकाशित: २० आश्विन २०८१ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App