खेल

एसिया रग्बी इमिरेट्स सेभेन्समा नेपालको दोस्रो हार

नेपाली महिला टोलीले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा दोस्रो हार बेहोरेको छ।

पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को फराकिलो हार भोगेको नेपाली टोली दोस्रो खेलमा गुआमसँग पराजित भएको हो।

एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको महिलातर्फको दोस्रो खेलमा नेपाल गुआमसँग १७–५ को स्कोरमा पराजित भएको हो।

यस्तै नेपालको पुरुष टोलीले पनि लगातार दोस्रो खेलमा हार भोग्यो। नेपालको पुरुष टोली बहराइनसँग २७–७ र उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो।

प्रकाशित: १८ आश्विन २०८१ १६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App