खेल

मंसिरमा सिरिजङ्गा गोल्डकपको चौथो संस्करण हुने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा आउँदो मंसिर २३ गते देखि ‘सिरिजङ्गा मेला’ सहित सिरिजङ्गा गोल्डकपको चौथो संस्करण हुने भएको छ।

मंसिर २३ गते देखि २९ गते सम्म हुने सिरिजङ्गा गोल्डकपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहित ८ वटा टिमको सहभागिता रहने तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए।

तेल्लोक स्पोर्टिङ क्लबको अगुवाइमा भएको भेलाले सांस्कृतिक सहित विभिन्न कार्यक्रम साथ ‘सिरिजङ्गा मेला’ र सिरिजङ्गा गोल्डकप एकसाथ सम्पन्न गर्ने निर्णय लिएको भट्टराईले बताए।

प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च हुने अनुमान आयोजकले गरेको उनले बताए। किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गासिंह थेबेको जन्म जयन्तीको अवसर पारेर ‘सिरिजङ्गा मेला’सहित सिरिजङ्गा गोल्डकप हुन लागेको हो।

सिरिजङ्गासिंह थेबेलाई जातीय अस्थित्वका रक्षक,ज्ञानका पुञ्ज एवम् प्रकाण्ड विद्धान मानिन्छ। सिरिजङ्गा गाउँपालिका त्येअङ्सी सिरिजङ्गासिंह थेबेको जन्म भएको स्थलको रुपमा परिचित छ। मंसिर २९ गते सिरिजङ्गासिंह थेबेको जन्म जयन्ती हो। 

प्रकाशित: १८ आश्विन २०८१ १३:५४ शुक्रबार