खेल

आयोजकलाई दोहोरो उपाधि

घरेलु टोली काष्ठमण्डप विद्यालयले मंगलबार दोस्रो काष्ठमण्डप कपमा दोहोरो उपाधि जितेको छ।

मन्डिखाटारस्थित आफ्नै मैदानमा काष्ठमण्डपले सिनियर ब्वाइज र जुनियर ब्वाइजको फुटसलमा उपाधि उचालेको हो। उपाधिसँगै आयोजकले विधागत उत्कृष्टमा पनि वर्चस्व जमायो। सिनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञाकुञ्ज स्कुललाई ४–० गोलले हराएको हो। काष्ठमण्डपको जितमा मानव सुब्बाले दुई तथा अविग्न सिंह ठकुरी र कृयश सापकोटाले समान एक गोल गरे। मानव प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भए। काष्ठमण्डपकै रौनक प्रधान उत्कृष्ट गोलकिपर चयन भए।

जुनियर ब्वाइज फाइनलमा पनि काष्ठमण्डपले रातो बंगलामाथि ६–२ गोलको जित निकाल्यो। काष्ठमण्डपका सहज ढकालले ह्याट्रिकसहित चार गोल गरेसँगै घरेलु टोलीले उपाधि सुरक्षित गरेको हो। काष्ठमण्डपकै गिरीश घिमिरेले दुई गोल थपे। काष्ठमण्डपका ह्याट्रिककर्ता सहज उत्कृष्ट खेलाडी पनि बने। काष्ठमण्डपकै आरम्भ श्रेष्ठ उत्कृष्ट गोलकिपर भए। फुटसलकै सिनियर गल्र्समा काठमाडौं वल्र्ड स्कुलले उपाधि जित्यो। काठमाडौं वल्र्ड स्कुलले फाइनलमा जोन डेवीलाई सडन डेथमा हराएको हो। निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो।

जोन डेवीकी रियान्सी त्रिपाठी उत्कृष्ट खेलाडी तथा काठमाडौं वल्र्ड स्कुलकी अरूणा सिंह उत्कृष्ट गोलकिपर घोषित भए। बास्केटबलमा भने टिआइए र एनसिसिएसले उपाधि जिते। टिआइए ब्वाइज तथा एनसिसिएस गल्र्समा पहिलो भए। 

प्रकाशित: १६ आश्विन २०८१ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App