खेल

टी–२० त्रिकोणात्मक सिरिज : क्यानडाविरुद्ध नेपाल पहिलो व्याटिङ गर्दै

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत  अहिले नेपाल र क्यानडाबीच खेल भइरहेको छ ।क्यानडाको किङ्ग्स सिटीमा राति ९ः४५ बजेबाट सुरु  भएको खेलमा नेपालले क्यानडाविरुद्ध पहिलो व्याटिङ गरेको छ ।  

घरेलु टोलीले टस जितेर नेपाललाई पहिला याटिङ गर्न निम्तो दिएको हो । ताजास्थीतमा नेपालले ३ ओभरमा कुनै विकेट नगुमाई ३३ रन बनाएको छ ।  

पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल आज भने आफ्नो दोस्रो जितको खोजीमा रहने छ। पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानलाई ३७ रनले पराजित गरेको थियो।

सिरिज अन्तर्गत नेपालले आफ्नो अन्तिम तथा तेस्रो खेल ओमनसँग खेल्ने छ।

नेपालको प्लेइङ ११

आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, साृमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी

प्रकाशित: १५ आश्विन २०८१ २२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App