खेल

एभरेस्ट महिला भलिबल लिग : गण्डकी थन्डर्स लगातार २ खेलमा पराजित

एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को पहिलो संस्करणको आज मंगलबार दोस्रो दिनको पहिलो खेलमा कर्णाली एसभिएस विजयी भएको छ ।  

राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई  ३ -२ को सेटमा हराएको हो । यो संगै जारी लिगमा गण्डकी थन्डर्स  लगातार २ खेल हार्न पुगेको छ । हिजो पहिलो खेलमा गण्डकी चितवन शक्तिसंग ३ -१ ले पराजित भएको थियो ।  

आज कर्णालीविरुद्ध गण्डकीले पहिलो सेट २५- १५ मा जितेर राम्रो सुरुवात गरेको थियो । पछि दोस्रो २२- २५ र तेस्रो सेट १७- २३  मा हार्दै  २- १ को सेटले पछि परेपनि चौथो सेट २५- १९ मा आफ्नो पक्षमा पारेर  २ -२ को नतिजामा ल्याउन सफल भयो । र अन्तिम पाँचौ सेटमा  ११ -१५ पराजित भएर कर्णालीलाई नतिजा सुम्पीयो ।

त्यसैगरी दोस्रो खेल अन्तर्गत अहिले  ५ : ४५ बजे देखि  काठमाडौ स्पाईर्कस र चितवन शक्तिबीच भइरहेको छ । त्यसैगरी मंगलबार अन्तिम खेल ७ :४५ बजे ललितपुर क्वीन्स र मधेस युनाइटेडबीच हुनेछ ।

यस अघि पहिलो दिन   चितवन शक्तिले गण्डकी थन्डर्सलाई ३- १ बाट , कर्णाली एसभिएसले  मधेस युनाईटेडलाई ३- १ बाट तथा ललितपुर क्वीन्सले काठमाडौ स्पाईकरलाई  ३- १ बाट हराएका छन् ।  

प्रत्येक फ्रेन्चाइज टोलीले एक मार्की, तीन विदेशी, एक ट्यालेन्ट हन्टबाट र १२ स्वदेशी गरी कुल १७ खेलाडी अनुबन्धित गरेका छन्।सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडी छन्। लिगमा भारतबाट चार जना, टर्की, रसिया र थाइल्यान्डबाट समान तीन तथा काजकिस्तान, ट्युनिसिया, बुल्गेरिया, अमेरिका र ग्रिसबाट समान एक विदेशी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एक आपसमा खेलेपछि लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधि भिडन्त गर्नेछन्।  

प्रकाशित: १५ आश्विन २०८१ १८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App