खेल

पोखरामा एमएडब्लु वृद्धि ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ जारी

दिपल, सेरेस र नामी इभीको नेपाली वितरक एमएडब्लु वृद्धिले पोखरामा ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ जारी छ । पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा सोमबार सुरु ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ बुधबारसम्म चल्नेछ ।

एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दीपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । जसअन्तर्गत दीपल एस ०७ बजेटअघिको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ र नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्ने जानकारी दिँदै कम्पनीले नामी इभीमा ७ किलोवाटको चार्जर प्राप्त गर्ने उल्लेख गरेको छ ।  

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार प्राप्त गर्नेछन् । यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि उपलब्ध गरेको कम्पनीको भनाइ छ । दीपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाउने कम्पनीले जनाएका छ । यी अफरहरु बाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट डाइभ गर्नु हुनेले ‘फुडस्टल’ र ‘म्युजिक’को मज्जा पनि लिन सक्नेछन् । 

प्रकाशित: १५ आश्विन २०८१ १८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App