खेल

चितवन राईनोजको लोगो सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राईनोजको लोगो सार्वजनिक गरिएको छ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राईनोजले मंगलबार टिमको लोगो सार्वजनिक गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा पाईने एक सिङ्गे गैडा र जैविक विविधतालाई लोगोमा झल्काईएको छ । लोगोले चितवनको ह्दयको प्रतिनिधित्व गर्ने र चितवनको समृद्धि र वैभव झल्काउने राजसी गैडा र जैविक विविधतालाई प्राथमिकतमा राखिएको टिमले जनाएको छ ।

चितवन राईनोजले मैदान उत्रदा आफ्नो समुदायको भावनालाई साथमा लिएर हरेक खेलमा आफ्नो उत्कृष्टताका लागि प्रयास गर्ने बताएको छ । टिमले यस रोमाञ्चक यात्रामा जोडिन, क्रिकेटको माध्यमबाट एकसाथ उत्सव मनाउन र आफ्नो आधारभुमीलाई सम्मान गर्दै एउटा महान लक्ष्यका साथ अघि बढ्न सम्पुर्णमा अपिल समेत गरेको छ ।

चितवन राईनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले खेलकुद र स्वास्थ्यलाई एक साथ जोड्दै नेपालको क्रिकेट विकासमा योगदान गर्न चाहेको बताएका छन् । ‘लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छौं । खेलकुदलाई स्वास्थ्यसँग जोड्दै क्रिकेट विकासमा योगदान गर्ने हाम्रो लक्ष्य हो,’ उनले भनेका छन् ।

प्रकाशित: १५ आश्विन २०८१ १७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App