खेल

सुदूरपश्चिमले लोगो र नाम सार्वजनिक गर्यो

नेपाल प्रिमियर लिग (एनपिएल)को  टोली सुदूरपश्चिमले नाम र लोगो घोषणा गरेको छ ।

सुदूरपश्चिमले सोमवार नाम र लोगोको घोषणा गरेको हो ।उसले टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स राखेको छ  । सुदूरपश्चिमको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्।  । नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा  हुने ९एनपिएल०मा ८ टोलीको सहभागिता रहेको छ । खेल मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुँदैछ । सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँग रहेको छ

प्रकाशित: १४ आश्विन २०८१ १७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App