पाकिस्तानी क्रिकेट टीमका छनौटकर्ता मोहम्मद यूसुफले पदबाट राजीनामा दिएका छन्।
पाकिस्तान क्रिकेट टीमका पूर्व दिग्गज ब्याट्सम्यान समेत रहेका उनले सामाजिक सञ्जाल एक्समा आफूले पाकिस्तान क्रिकेट टीमको छनौटकर्ता पदबाट राजीनामा दिएको बताएका हुन्।
उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको पनि बताएका छन्।
प्रकाशित: १४ आश्विन २०८१ ०८:४४ सोमबार