खेल

मेयर कप बास्केटबल वैशाखमा

काठमाडौं –३ नम्बर प्रदेशस्तरीय अन्तरनगरपालिका प्रथम मेयर कप पुरुष बास्केटबल प्रतियोगिता वैशाखमा  हुने भएको छ।
कीर्तिपुर नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी वैशाख २२ देखि २९ गतेसम्म कीर्तिपुर बास्केटबल कोर्टमा प्रतियोगिता हुने जनाएको हो।

प्रतियोगितामा ३ नम्बर प्रदेशका १६ टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिने कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन जानकारी दिए।

प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीमा कम्तीमा पनि ८ खेलाडी सोही नगरपालिकाका हुनुपर्ने प्रावधान बनाएको छ । एक टोलीले राष्ट्रिय स्तर वा अन्य नगरका ४ खेलाडी राख्न पाउनेछन् । तर, खेलअवधिमा एक टोलीले २ जना मात्र बाहिरका खेलाडी खेलाउन पाउनेछन्।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ हात पार्नेछ । यस्तै,  उपविजेताले ३० हजार रुपैयाँबाट पुरस्कृत हुँदा तेस्रो हुनेले २० हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट  र सर्वाधिक स्कोररले नगद ५ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: २२ चैत्र २०७४ ०४:१२ बिहीबार

मेयर कप बास्केटबल वैशाखमा