खेल

विल्सन क्वार्टरफाइनलमा

विल्सन एकेडेमीले दोस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको ब्वाइजमा शुक्रबार क्वार्टरफाइनलमा स्थान बनाएको छ। मन्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा विल्सनले अध्ययनलाई ३३–१९ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो।

अब विल्सनले क्वार्टरफाइनलमा आयोजक काष्ठमण्डप विद्यालयसँग प्रतिस्पर्धा गर्नेछ। अन्य क्वार्टरफाइनल खेलमा द एक्सेल्सियर स्कुलले टिआईए, एलआरआईले बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) र क्याम्पियनले एनबिएफएसँग प्रतिस्पर्धा गर्नेछन्।

बास्केटबलकै गल्र्समा एनसिसिएसले चाँदबागलाई २०–१४, बिआइएसले एलआरआईलाई २१–१४ र काष्ठमण्डप ‘ए’ ले जोन डेवीलाई २०–१२ ले हराए। वर्षाका कारण फुटसलको खेल भने हुन सकेन।

प्रकाशित: १२ आश्विन २०८१ ११:३६ शनिबार

#2nd Kasthamandap Cup