खेल

एएफसी यू–२० एसियन कप : नेपाल बहराइनसँग पराजित

नेपाल एएफसी यू–२० एसियन कप २०२५ छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएको छ । 

न्यु ताइपे सिटीमा शुक्रवार भएको खेलमा नेपाल बहराइनसँग ४–० गोलले पराजित भएको हो। योसँगै नेपालले तीन अंकसहित छनोट चरणका खेलहरु अन्त्य गरेको छ। 

यसअघि नेपाल कम्बोडियासँग ४–१ गोलले तथा उज्बेकिस्तानसँग ६–० गोलले पराजित भएकाे थियाे । नेपालले चाइनिज ताइपेइलाई भने ३–१ गोलले हराएको थियो । 

प्रकाशित: ११ आश्विन २०८१ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App