खेल

खेवाङ गोल्डकपको सातौं संस्करणमा सहभागी ८ टीमको टुङ्गो लाग्यो

आउँदो कात्तिक १० गते देखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा हुने ‘खेवाङ गोल्डकप’को सातौं संस्करणमा खेल्ने आठ टोलीको टुङ्गो लागेको छ।

आयोजक खेवाङ स्र्पोटिङ क्लवले शुक्रवार पत्रकार सम्मेलनको आयाजना गरी खेलका सहभागी टिमको नाम सार्वजनिक गरेको हो। क्लवका अध्यक्ष बिनम मावोका अनुसार प्रतियोगिता कोशी प्रदेश स्तरीय हुने छ। प्रतियोगितामा नेपाल पुलिस क्लब कोशी प्रदेश,रेड स्टार फुटबल क्लब झापा र कुम्मायक गाउँपालिका पाँचथरले सहभागिता जनाउनेछन्।

अरू भने सबै ताप्लेजुङका टिम रहेको मावोले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा तेल्लोक स्पोर्टिङ क्लव तेल्लोक,लालीगुराँस स्पोर्टिङ क्लव सिदिङ्वा,नैना कम्पनी प्रालि सिरिजङ्गा खेबाङ, पेदाङ स्पोर्टिङ क्लव सिरिजङ्गा पेदाङ र आयोजक खेवाङ स्पोर्टिङ क्लव सहभागी हुनेछन्।

प्रतियोगिताको प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। गोल्डकपका प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई नगद २ हजार,सर्बोत्कृष्ट खेलाडीलाई नगद ५ हजार,उत्कृष्ट गोलरक्षक र सर्बाधिक गोलकर्तालाई समान ३–३ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १५ लाख खर्च हुने अनुमान रहेको अध्यक्ष मावोले बताए। जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्रकुमार मावो(गणेश),पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष रक्की थेवे,लाखेजात्रा सञ्चालन समिति अध्यक्ष देवराज गुरुङ सहितको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो।  

प्रकाशित: ११ आश्विन २०८१ १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App