खेल

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा १७ राष्ट्र

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा १७ राष्ट्रले चुनौती प्रस्तुत गने भएका छन्।

एसिया रग्बीको ठूलो आयोजना तेस्रोपल्ट नेपालमा हुन लागेको हो। एसिया रग्बी सिरिज २०२५ को छनोट माध्यमसमेत रहेको यस प्रतिस्पर्धामा पुरुषतर्पm १४ र महिलामा आठ राष्ट्रले चुनौती प्रस्तुत गर्दैछन्। यस सेभेन्स ट्रफीले फ्लाई इमिरेट्सको साथ पाएको छ।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका लागि कुल चार सय ५० भन्दा धेरै खेलाडी र अफिसियल नेपाल आउने भएका छन्। ट्रफीमा नेपालसहित फिलिपिन्स, बहराईन, काजकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरबिया, जोर्डन, बंगलादेश, चाइनिज ताइपेइ, श्रीलंका, गुआम, इन्डोनेसिया र इरानले चुनौती प्रस्तुत गर्ने तय भएको छ।

पुरूषमा फिलिपिन्स, बहराइन, काजकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, नेपाल, साउदी अरबिया, जोर्डन, बंगलादेश, चाइनिज ताइपेइ र श्रीलंकाको सहभागिता रहनेछ। महिलामा भने नेपाल, फिलिपिन्स, भारत, गुआम, श्रीलंका, इरान, उज्बेकिस्तान र इन्डोनेसियाको चुनौती तय भएको छ।

नेपालमा पहिलोपल्ट सिनियरमा अन्तर्राष्ट्रिय रग्बीको प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् २०२२ मा यु–१८ र सन् २०२३ मा यु–२० रग्बी सेभेन्स पनि दशरथ रंगशालामै आयोजना भएका थिए। सिनियर तर्फको एसिया रग्बी सेभेन्स लिग कम नकआउट प्रणालीमा हुनेछ। 

प्रकाशित: १० आश्विन २०८१ ०७:३१ बिहीबार

#Asia ragbi