खेल

सोमबारे नकआउट फुटबल: घैलाडुब्बा र जलथल सेमिफाइनलमा

सोमबारे नकआउट फुटबल प्रतियोगिता-२०८१ अन्तर्गत बुधबार दुई रोचक खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा जलथल फुटबल क्लबले अर्जुनधारा-५ स्पोर्टिङ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि पेनाल्टीमार्फत निर्णय गरिएको थियो। अर्जुनधाराले आफ्नो पक्षमा उत्कृष्ट प्रदर्शन गरे पनि पेनाल्टीको दबाब थेग्न नसक्दा अन्तिम समयमा हार ब्यहोर्न बाध्य बन्यो।

त्यसैगरी, दोस्रो खेलमा घैलाडुब्बा युवा क्लबले आयोजक यङ स्टार फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा आयोजक टोलीले होमग्राउन्डको फाइदा लिन नसक्दा घैलाडुब्बाले महत्त्वपूर्ण जित हात पार्‍यो।

प्रकाशित: ९ आश्विन २०८१ २०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App