साफ यू –१७ च्याम्पियनसिपअन्तर्गत नेपाल र आयोजक भुटानबीच खेल जारी रहेको छ ।
भुटानको चाङ्लिमिथाङ रङ्गशालामा जारी रहेको यी दुईबीचको खेल १ -१ गोलको स्थितिमा रहेको छ ।
आयोजक भुटानले मध्यान्तर अघि नै अग्रता लिएको थियो । ५५ औ मिनेटका कृष्णबहादुर आलेले फ्रिकीक मार्फत गोल गर्दै खेल एक एक गोलको बराबरीमा ल्याएका छन् ।
यस अघि सोमबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ४- ० गोलले हराएको थियो भने शनिबार सम्पन्न खेलमा पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो।
प्रकाशित: ९ आश्विन २०८१ १९:०८ बुधबार