खेल

एन्फा महिला लिग : पुलिसद्वारा कर्णाली पराजित

एन्फा  महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले बुधवारको खेल जितेको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको  खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेसलाई २ –०  गोलले हराएको हो ।

पुलिसका लागि निर्मला उपाध्याय र मनिसा राउतले एक एक गोल गरेका हुन । यो जितसँगै ८ खेलबाट ५ जित र ३ बराबरीसंगै  १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ  । त्यसैगरी पराजित कर्णाली प्रदेसले  ८ खेलबाट   १ जित र १ बराबरीसंंगै  ४ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ  ।  

आठौं चरणको खेल सकिदा एपीएफ क्लब  २२ अंक बटुलेर पहिलो स्थानमा रहेको छ । त्यसैगरी त्रिभुवन आर्मी क्लब  १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको  १२ अंकका साथ वालिङ  नगरपालिका चौथो तथा कोसी प्रदेश ११ पाएर पाँचौ स्थानमा रहेको छ । आठौं चरणको  खेल सकिदा सम्म सुदूरपश्चिम प्रदेसले कुनै खेल नजिती ० अंकका साथ तालिकाको पुछारमा रहेको छ । 

प्रकाशित: ९ आश्विन २०८१ १८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App