खेल

एन्फा महिला लिग : आर्मीसंग वालिङको लज्जास्पद हार

एन्फा महिला लिग फुटबलमा विभागीय टोली  त्रिभुवन आर्मी  फुटबल क्लबले वालिङ नगरपालिकाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।

सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार  भएको पहिलो खेलमा आर्मीले  वालिङ नगरपालिका माथि ८  –० गोलको सानदार जित हासिल गरेको हो।

यो जितसँगै ८ खेलबाट १९ अंक जोडेको आर्मी  पहिलो  स्थानमा  उक्लेको छ  । त्यसै गरी पराजित वालिङ नगरपालिका  ८ खेलबाट  १२ अङ्क बटुलेर  तालिकाको चौथो रहेको छ ।

यसअघि सोमबार  नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका  र कोसी प्रदेसबीचको खेल एक एक गोलबाट बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा एपीएफ फुटबल क्लबले सुदूरपश्चिम प्रदेसलाई १९ -० गोलले पराजित गरेको थियो ।

एन्फा महिला लिगमा मंगलबार दोस्रो खेल अन्तर्गत  संकटा क्लब र बागमती युथ क्लबबीच दिउँसो ३ :३० बजे देखि खेल हुनेछ ।   ।

प्रकाशित: ८ आश्विन २०८१ १४:३२ मंगलबार

#ANFA Women's League Football