खेल

भ्याली स्लाम टेनिसमा निरव विजयी

निरव तुलाधरले बिवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको ३५ वर्षमाथि पुरुष सिंगल्स सोमबार सुखद सुरुआत गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार निरवले ओम प्रजापतिलाई हराउँदै सुखद सुरुआत गरेका हुन्। उनले ओमलाई ६–१र ६–१ ले सहजै हराए। यसै विधामा इलम दीक्षितले पनि विजयी सुरुआत गरे। 

मनोज महर्जनविरुद्ध इलमले पहिलो सेट ६–० ले सहजै आफ्नो बनाए। दोस्रो सेटमा इलम ४–० ले अगाडिरहेको स्थितिमा मनोजरिटायर्ड हर्ट भए । त्यससँगै इलम विजयी घोषित भएका हुन्। सोही स्पर्धाको अन्य खेलमा अमर श्रेष्ठले केल्साङ तेन्जिङ शेर्पालाई ६–०र ६–१ तथा कुशलराज पाण्डेले सन्निभराजभण्डारीलाई ६–४र ६–४ ले हराउँदै सुखद सुरुआत गरेका छन्।

त्यस्तै यसै विधामा विशेष अमात्यले मेथ्यु बोसार्डलाई ६–१र ६–३, अन्जन बानियाँले सौरव बाहेटीलाई ६–०र ६–०, छोमविक्रम शाहले सविन श्रेष्ठलाई ६–४र ६–३, सोवित गौचनले शिखर भट्टराईलाई ६–०र ६–१ तथा मनोजकुमार श्रेष्ठले सुवीर श्रेष्ठलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे। 

सुवीर पुरुष सिंगल्समा पनि पराजित भए। उनी प्रणव वैद्यसँग ६–२र ६–१ ले पराजित भएका हुन्। मुकिम थापाले पासाङ शेर्पालाई ६–२र ६–०, निजेज महर्जनले श्रीयोग अधिकारीलाई ६–०र ६–० तथा वृजेश अर्यालले सविन श्रेष्ठलाई ६–०र ६–० ले पराजित गरे।  

प्रकाशित: ८ आश्विन २०८१ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App