खेल

साफ यू-१७ : नेपालद्वारा श्रीलंका ४-० ले पराजित

साफ यू –१७ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले फराकिलो जित हासिल गर्न सफल भएको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ४- ० गोलले हराएको हो । 

नेपालका  सुजन डंगोल एक्लैले तीन गोल गरे । विज्ञान खड्काले एक गोल गरे ।

मध्यान्तर अघि नै नेपालले ३ गोलको अग्रता लिएको हो । 

यसअघि शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो।  

समूह बीमा रहेका भुटान र पाकिस्तानबीच सोमबार साँझ खेल हुनेछ । 

प्रकाशित: ७ आश्विन २०८१ १६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App