खेल

एन्फा महिला लिग : चन्द्रपुर र कोसीबीचको खेल बराबरीमा

एन्फा महिला लिग फुटबलमा   चन्द्रपुर नगरपालिका  र कोसी प्रदेसबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोवाटोस्थीत एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार सम्पन्न खेलमा दुवै टोलीबाट एक एक गोल भइ खेल बराबरीमा सकिएको हो ।  

चन्द्रपुरका लागि सुनिता सुनारले ५१ औं  मिनेटमा गोल गरेर अग्रता लिए पनि ८० औं मिनेटमा कोसी प्रदेसकी ममता राउत गोल गरेपछि खेल बराबरीमा सकिएको हो। 

८ खेल सकिदा सम्म  कोसी प्रदेश ११ अंकका साथ पाँचौ स्थानमा रहेको छ भने चन्द्रपुर   ८ खेलबाट ८  अंकका साथ सातौ स्थानमा रहेको छ । 

प्रकाशित: ७ आश्विन २०८१ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App