खेल

सोमबारदेखि भ्याली स्लाम टेनिस

बिवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग र हिमालमिडियाको आयोजनामा असोज १२ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछन्। यस प्रतियोगिताले पाटनस्थित ढोकइमा क्याफेको पनि साथ पाएको छ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स, पुरुष डबल्स र भेट्रानको विभिन्न उमेरसमूहमा गरी कुल  ११ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताका सुपरभाइजर कृष्णराज घलेले जानकारी दिए। भेट्रानमा पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि सिंगल्स र डबल्समा खेल हुनेछ।

सबै स्पर्धाका विजेताले नगद पुरस्कार पाउनेछन्। यस प्रतियोगिताको कुल पाँच लाख ७६ हजार रूपैयाँ पुरस्कार राशि रहेको छ। प्रतियोगिताका पुरुष/महिला सिंगल्स र पुरुष डबल्समा शीर्ष तीन स्थानका खेलाडीले क्रमशः ४० हजार, २० हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। ३५ वर्षमाथि सिंगल्स/डबल्समा पहिलो हुनेले २५ हजार, दोस्रोले १२ हजार ५ सय र तेस्रो हुने दुई खेलाडीले ६/६ हजार नगद पुरस्कार पाउनेछन्।

४५ वर्षमाथि पुरुष सिंगल्स/डबल्सका विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले समान ४ हजार पाँच सय नगद पुरस्कार पाउनेछन्।

५५ वर्षमाथि विजेताले १५ हजार, दोस्रोले सात हजार पाँच सय र तेस्रो हुनेले तीन हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। ६५ वर्षमाथि च्याम्पियन हुनेलाई १० हजार, दोस्रोलाई ६ हजार र तेस्रो हुने दुई खेलाडीलाई समान तीन हजार नगदबाट पुरस्कृत गरिनेछ।  

प्रकाशित: ७ आश्विन २०८१ ०८:२५ सोमबार

# Valley Slam Tennis