खेल

नेपाल क्यानडासंग पराजित

क्यानडाविरुद्ध नेपाल आइसिसी विश्वकप लिग मा नेपाल पराजित भएको छ।नेपाल क्यानडासंग ५ विकेटले पराजित भएको हो ।

क्यानडाको किंग सिटीमा आइतवार टस जितेर  नेपालले पहिले ब्याटिङ  गर्दै  ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाउन सक्यो । जवाफमा क्यानडाले  ४२  ओभरमा ५ विकेट गुमाएर  विजयी लक्ष्य पुरा गर्यो ।  

क्यानडाका लागि सबैभन्दा वढि नवनीत धालिवालले  ८७ रन बनाए । १ सय १३ बल खेल्दै उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए ।त्यसैगरी प्रगत सिंहले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाएका थिए ।

हर्ष ठाकरले १३ रन बनाए । निकोलस र्कितनले नटआउट ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई तथा  करण केसी ,ललित नारायण राजवंशी र गुल्सन झाले एक एक विकेट लिए  ।  

यस अघि पहिलो खेलमा पनि नेपाल क्याडासंग १०३ रनले पराजित भएको थियो ।

यस अघि नेपालका लागि  सबै भन्दा वढि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका र १ छक्का प्रहार गरे। सन्दीपको एकदिवसीय क्रिकेटमा   यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि उनले  सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।

गुलशन झाले ५६ बलमा ३४ रन बनाए । आरिफ शेखले ३३ बलमा १० रन मात्र बनाए ।

सोमपाल कामीले  ४८ बलमा २१ रन बनाए । करण केसी २८ बलमा २४ रन बनाए ।क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकर र डिलोन हेलिगरले दुई दुई  तथा सादविन जाफर र प्रविन कुमारले समान १ विकेट लिए ।

आइसीसी क्रिकेट विश्वकप लिग २ मा सहभागी  ८ राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ।

नेपाल ६ खेलमा १ जित र ५ हारका साथ  २ अंक पाएर तालिकाको सातौं स्थानमा छ ।नेपालविरुद्धको  जितपछि  क्यानडा भने १० खेलमा ६ जित र ४ हारका साथ १२ अंक पाएर तालिकाको दोस्रो स्थानमा छ । ८ खेलमा ६ जित र २  हारका साथ १२ अंक नै पाएर नेदरल्याड्स पहिलो स्थानमा रहेको । यो सिरीजमा सहभागी ओमान ५ अंकका साथ तालिकाको छैठौं स्थान रहेको छ  । 

प्रकाशित: ७ आश्विन २०८१ ०३:५७ सोमबार