क्यानडाविरुद्ध नेपाल आइसिसी विश्वकप लिग मा १ सय ८१ रनमा अलआउट हुन पुगेको छ ।
क्यानडाको किंग सिटीमा आइतवार टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सबै भन्दा वढि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका र १ छक्का प्रहार गरे। सन्दीपको एकदिवसीय क्रिकेटमा यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि उनले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।
गुलशन झाले ५६ बलमा ३४ रन बनाए । आरिफ शेखले ३३ बलमा १० रन मात्र बनाए ।
सोमपाल कामीले ४८ बलमा २१ रन बनाए । करण केसी २८ बलमा २४ रन बनाए ।क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकर र डिलोन हेलिगरले दुई दुई तथा सादविन जाफर र प्रविन कुमारले समान १ विकेट लिए ।
जवाफमा ताजास्थीतीमा क्यानडाले ८ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको छ । क्यानडाको पहिलो विकेट करण केसीले लिएका हुन ।
प्रकाशित: ७ आश्विन २०८१ ०१:२६ सोमबार