खेल

क्यानडाविरुद्ध सङ्कटमा नेपाल: ११४ बलमा ५९ रन, ५ विकेट गुम्यो

नेपाल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध सुरुवातमै सङ्कटमा परेको छ।

किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले  १८ औं ओभरको खेल चलिरहँदा नेपालले ५ विकेट गुमाएर मात्र ५५ रन बनाएको छ।

कप्तान रोहित पौडेल ११ बलमा १ चौकासहित ४ रनमा रन आउट भए। आरिफ शेखले १२ बलमा मात्र दुई रन जोडे।

अनिल साह १, अर्जुन साउद १० र भीम सार्की ४ रनमा आउट भए। नेपालका शीर्ष तीन ब्याटरले पनि राम्रो प्रदर्शन गर्न सकेनन्।

प्रकाशित: ६ आश्विन २०८१ २२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App