नेपालले आइसिसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।
किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्।
नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो। दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो।
प्रकाशित: ६ आश्विन २०८१ २०:१८ आइतबार