खेल

बङ्गलादेशविरुद्धको पहिलो टेस्टमा भारतको जित

भातरले बङ्गलादेशविरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ। भारतको चेन्नईमा भएको पहिलो टेस्ट म्याचमा भारतले बङ्गलादेशलाई २८० रनले पराजित गरेको हो।

भारतीय टीमले बङ्गलादेशलाई दोस्रो पारीमा २३४ रनमा अलआउट गर्दै जित हात पार्यो। भारतका लागि सबैभन्दा बढी ६ विकेट आर. अश्विनले लिए भने रवीन्द्र जडेजाले ३ र जसप्रीत बुमराहले १ विकेट हात पारे।

भारतले पहिलो पारीमा ३७६ रन बनायो। जसको जवाफी ब्याटिङ्गमा बङ्गलादेश पहिलो पारीमा १४९ रनमा अलआउट भयो। त्यसपछि दोस्रो पारीमा भारतीय टीमले २८७ रनको पारी घोषणा गरेर ५१५ रनको लक्ष्य बङ्गलादेशलाई दिएको थियो।

अब भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट २७ तारिखमा सुरु हुनेछ। त्यसपछि दुबै टीमबीच ३ खेलको टी–२० हुनेछ।

प्रकाशित: ६ आश्विन २०८१ १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App