खेल

विश्वकप लिग टु: नेपाल आज क्यानडासँग भिड्दै

आईसिसी मेन्स क्रिकेट वल्र्ड कप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज क्यानडासँग खेल्न लागेको छ।

क्यानडाको किङ्ग सिटीमा हुने नेपाल र क्यानडाबीचको खेल राति ८ः४५ बजेबाट सुरु हुनेछ।

यसअघिका आफ्नो दुबै खेल गुमाइसकेको नेपालले आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ।

पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले र दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भएको थियो।

प्रकाशित: ६ आश्विन २०८१ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App