एन्फा महिला लिग फुटबलमा संकटा क्लबले सुदूरपश्चिम प्रदेशलाई भारी अन्तरबाट पराजित गरेको छ ।
शनिबार सम्पन्न पहिलो खेलमा संकटा क्लबले सुदूरपश्चिम प्रदेशलाई ६ –० गोलको सानदार जित हासिल गरेको हो।
यो जितसँगै ७ खेलबाट ८ अंक जोडेको संकटा छैठौ स्थानमा रहेको छ । त्यसै गरी पराजित सुदूरपश्चिम ७ खेलबाट कुनै अंक प्राप्त नगरी तालिकाको पुछारमा रहेको छ ।
प्रकाशित: ५ आश्विन २०८१ १७:३१ शनिबार