खेल

एएफसी यु–२० एसियन कप छनोट :नेपाल कम्बोडियासँग ४–१ ले पराजित

नेपाल एएफसी यु–२० एसियन कप छनोट खेलमा नेपाल  कम्बोडियासँग पराजित भएको छ।

शनिबार भएको खेलमा नेपाल कम्बोडियासँग ४–१ गोलले पराजित भएको हो।कम्बोडियाको जितमा भ्रिएक फान, फोउक थाथाई, मिआन चिन्रथ र इभ सोभन्नाराले गोल गरे।  नेपालका लागि समीर तामाङले एक  गोल फर्काए । नेपालले अब सोमबार घरेलु टोली चाइनिज ताइपेइसंग खेल्नेछ । 

प्रकाशित: ५ आश्विन २०८१ १७:०९ शनिबार