खेल

उमेर समूहका दुई खेलमा नेपालले शनिबार कम्बोडिया र पाकिस्तानसँग खेल्दै

नेपालले उमेर समूहका दुई प्रतियोगितामा शनिबार प्रतिस्पर्धा गर्दैछ ।  

नेपालले एफसी यू-२० एसियन कप २०२५ को छनोट चरणको खेलमा कम्बोडियासँग प्रतिस्पर्धा गर्न लागेको हो । चाइनिज ताइपेइमा हुने खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।

समहू 'बी'मा रहेको नेपालले कम्बोडियासँगै उज्वेकिस्तान, बहराइन र घरेलु टोली चाइनिज ताइपेईसँग खेल्नेछ । नेपालले २३ सेप्टेम्बरमा चाइनिज ताइपेई, २५ सेप्टेम्बरमा उज्वेकिस्तान र २७ सेप्टेम्बरमा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।  

शनिबार नै हुने अर्को प्रतियोगिता साफ यू-१७ च्याम्पियनसिपमा नेपाली किशोरहरुले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे भुटानमा सुरु हुनेछ ।  

समूह 'बी'मा नेपालसँगै घरेलु टोली भुटान, पाकिस्तान र श्रीलंका छन् । नेपालले २३ सेप्टेम्बरमा श्रीलंका र २५ सेप्टेम्बरमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।  

समूह 'ए' मा भने भारत, माल्दिभ्स र बंगलादेश छन् । उद्घाटन खेलमा भारतले बंगलादेशलाई १-० ले पराजित गरेको थियो ।  

प्रकाशित: ५ आश्विन २०८१ १०:३१ शनिबार

#एफसी यू-२० एसियन कप २०२५ #साफ यू-१७ च्याम्पियनसिप