खेल

काभा महिला भलिबल क्लब च्याम्पियनसिपः उपाधिका लागि नेपाल पुलिस र हुमो भिड्दै

विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

माल्दिभ्सको मालेमा हुने खेल स्थानीय समयअनुसार राति साढे ८ बजे सुरु हुनेछ।  जारी प्रतियोगितामा पुलिस अपराजित छ ।  

लिग चरणको खेलमा हुमो पुलिससँग सोझो सेटमा पराजित भएको थियो। लिग चरणमा पुलिसले श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई हराएको हो ।

बिहीबारको खेलमा भने पुलिसले माल्दिभ्सको वाम्कोमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको थियो । आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा पुलिसले माल्दिभ्स पुलिस क्लब ३–१ ले पराजित गरेको थियो । 

प्रकाशित: ५ आश्विन २०८१ ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App