खेल

च्याम्पियन्स लिगः रियल मड्रिड विजयी, रोनाल्डोको २ गोल

इटाली – च्याम्पियन्स  लिग फुटबल अन्र्तगत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनीस क्लब रियल मड्रिडले इटालियन क्लब युभेन्टसलाइ ३–० ले पराजित गरेको छ।

प्रतियोगिता अन्र्तगत मंगलबार राति युभेन्टसको घरेलु मैदानमा सम्पन्न खेलमा खेलमा युभेन्टसलाई स्तब्ध पार्न रियलका लागि स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले २ तथा मार्सेलोले १ गोल गरे।

इस्कोको पासमा खेलको तेस्रो मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल थप्यो। ६४ औं मिनेटमा रोनाल्डोले आकर्षक गोल गरेपछि युभेन्टस दुई शुन्यले पछि पर्यो। रोनाल्डो च्याम्पियन्स लिगमा लगातार दशौं खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्।

त्यस्तै ७२ औं मिनेटमा रोनाल्डोकै पासमा मार्सेलोले टिमका लागि तेस्रो गोल गरे। खेलका ६६ औं मिनेटमा डिबाला दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरीएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो। आफ्नै मैदानमा भोगेको ३–० को हारपछि  युभेन्टसको सेमिफाइनल यात्रा कठिन भएको छ।

प्रकाशित: २१ चैत्र २०७४ ०५:३४ बुधबार

च्याम्पियन्स लिगः रियल मड्रिड रोनाल्डोको गोल