खेल

ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध ओमानले टस जितेर फिल्डिङ रोजेको छ।

क्यानडाको ओन्टेरियोमा ओमानका कप्तान अकिब इल्यासले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएका हुन्। खेल नेपाली समयअनुसार ८:४५ मा सुरु हुदैँछ।

क्यानडा भ्रमणमा नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो।

नेपाली टिम : रोहित पौडेल (कप्तान), अनिलकुमार साह, आसिफ शेख, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, ललित राजवंशी। 

प्रकाशित: २ आश्विन २०८१ २०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App