खेल

एन्फा महिला लिग : चन्द्रपुर र नेपाल पुलिस क्लबबीचको खेल सुरु

एन्फा महिला लिग फुटबलमा अन्तर्गत केही बेर अघि देखि चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लबबीचको खेल सुरु भएको छ । 

खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समामा भइरहेको छ । आजै दोस्रो खेल अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । 

यस अघि कम्प्लेक्समा हिजो मंगलबार कोसी प्रदेशलाई ५–० गोलले हराउँदै आर्मी दोस्रो स्थानमा उक्लिएको छ ।विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ ।मंगलबार नै भएको पहिलो खेलमा एपीएफले संकटा क्लबलाई ३–० गोलले पराजित गरेको थियो ।

प्रकाशित: २ आश्विन २०८१ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App