खेल

स्केट बोर्ड र रोलर स्केट आयोजना हुँदै

बाग्मती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा यहि असोज ४ र ५ गते काठमाडौंमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड प्रतियोगिताको आयोजना हुने भएको छ।

प्रतियोगितामा स्केट बोर्ड र रोलर स्केट गरी दुई विधामा आयोजना हुने र त्यसमा सातै प्रदेशका एक सय ७० खेलाडीहरूले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा बागमति प्रदेश स्केटबोर्डका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए।

थापाथलीस्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी हुनेछन् भने स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा हुनेछ। प्रतियोगितामा ७० खेलाडीहरू सहभागी हुनेछन्। प्रतियोगिता खुलासँगै पुरुष र महिला दुवैले एउटै इभेन्टमा बराबरी रूपमा प्रतिस्पर्धा गर्नुपर्ने पनि आयोजकले जनाएको छ।

खेलको शीर्ष चार स्थानमा आउने खेलाडीले क्रमशः ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रूपैया पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल अनुमानित बजेट ८ लाख रूपैया रहेको छ। 

पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष अच्यूत खनालले स्थानीय पालिकाहरू खेलको विकासका लागि समन्वय गर्दै अघि वढ्ने नीति अनुरूप काठमाडौं महानगरपालिकाबाट स्केट बोर्डको पूर्वाधार बनाउन जग्गा प्राप्त भइसकेको बताए। संघले आवश्यक खेल पूर्वाधार निर्माण गर्न पहल थालिसकेको पनि अध्यक्ष खनालले जानकारी दिए। 

प्रकाशित: २ आश्विन २०८१ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App