खेल

नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

क्यानाडाको ओनटेरी स्थित नर्थ वेस्ट ग्रोउण्ड किंग्स सिटमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन्।

आज क्यानडासँग खेलेर नेपालले पहिलो अवे सिरिजको सुरूवात गर्न लागेको हो। 

नेपालको प्लेइङ–११ 

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।

प्रकाशित: ३१ भाद्र २०८१ २०:४२ सोमबार