खेल

रेडियन्ट पब्लिक र राराहिल भिड्ने

रेडियन्ट रिडर्स एकेडेमीद्वारा आयोजित प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण शनिबार पूरा भएको छ।

सानेपास्थित आयोजकको कोर्टमा भइरहेको प्रतियोगितामा शनिबार ब्वाइज र गल्र्स दुवैको क्वार्टरफाइनल समीकरण तयार भएको हो।

ब्वाइजमा एलआरआईले ज्ञान निकेतन, सेन्ट जेभियर्सले ओएसिस्, राराहिलले भ्याली पब्लिक तथा पुष्पसदनले विल्सन एकेडेमीविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

गर्ल्सको क्वार्टरफाइनल सेन्ट मेरिज ‘ए’ र काठमाडौं शिक्षालय, रेडियन्ट पब्लिक र राराहिल, भ्याली पब्लिक र द एक्सेल्सियर स्कुल तथा सेन्ट मेरिज ‘बी’ र इनोभेटिभबीच हुनेछ।

आज नै प्रतियोगिता सम्पन्न हुनेछ। रेडियन्ट रिडर्सको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रकाशित: ३० भाद्र २०८१ ०७:५६ आइतबार

#Radiant-Public #Rarahill