खेल

ज्ञान निकेतन र भ्याली पब्लिक क्वाटरफाइनलमा

ज्ञान निकेतन र भ्याली पब्लिक प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

रेडियन्ट रिडर्स एकेडेमीले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा ज्ञान निकेतनले मगसलाई २१-९ ले पराजित गर्‍यो। ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले नौ अंक योगदान गरे। सुनिल पौडेलको १३ अंकको सहयोगमा भ्याली पब्लिकले जेम्सलाई २१-६ ले हरायो।

सानेपास्थित आयोजकको कोर्टमा भएको ब्वाइजकै अन्य प्रतिस्पर्धामा सेन्ट जेभियर्सले मार्भलसलाई २०-९, पुष्पसदनले युलेन्सलाई ११-७, ओएसिस् ‘ए’ ले भद्र घले शिक्षा सदनलाई १०-८ र विल्सन एकेडेमीले नवोदितलाई ८-३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। सेन्ट जेभियर्सका शुभम् सैजुले १५, पुष्पसदनका मनीष गुरुङले ९ र ओएसिस ‘ए’ का जेसन राणाले ५ अंक जोडेका छन्।

प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा आयोजक रेडियन्टका संस्थापक प्रिन्सिपल डीके ढुंगाना, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, थ्री एक्स थ्री, नेपालका संयोजक शरद विष्टलगायतको उपस्थिति थियो।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। तीनदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १८ गरी ५० टिम सहभागी छन्।

प्रकाशित: २९ भाद्र २०८१ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App